हाम्रा कार्यहरु
प्रदेशस्तरिय कार्यजिम्मेवारीः-
१. संचालित सम्पूर्ण कार्यक्रम र स्वास्थ्य सूचकहरुको बार्षिक एकीकृत प्रतिवेदन तयार गरी प्रबोधिकरण गर्ने।
२. एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली एवं Electronic Health Management Information System (eHMIS), Pregnancy Registration and Tracking Program (PRTP), Family Health Profile (FHP) लगायतका विद्युतीय सूचना व्यवस्थापन प्रणालीको व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
३. स्वास्थ्य सम्बन्धी तथ्याङ्कको विश्लेषण र प्रतिवेदन सम्वन्धी कार्य गर्ने।
४. खोप, पोषण, किशोर किशोरी स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य, आत्महत्या र सडक दुर्घटनाको निगरानी एवं रोकथाम सम्बन्धी कार्य गर्ने।
५. आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्नको लागि आवश्यक समन्वय र सहजिकरण सम्बन्धी कार्य गर्ने।
६. स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गरी स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी र स्वास्थ्य योजनालाई तथ्यपरक बनाउने।
कास्की जिल्लास्तरिय कार्यजिम्मेवारी
७. साविकको प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीबाट भए गरेका प्रर्वद्धनात्मक तथा प्रतिकारात्मक सेवासँग सम्बन्धित जनस्वास्थ्य कार्यकमहरु (स्वास्थ्य प्रवर्द्धन, मातृ तथा नवशिशु स्वास्थ्य, बाल स्वास्थ्य, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, मानसिक रोग, उपेक्षित एवं किटजन्य रोम, जलवायु परिवर्तनद्वारा सिर्जित रोगको रोकथाम / नियन्त्रण / निवारण / उन्मुलन, स्वास्थ्य शिबिर लगायत अन्य) को योजना निर्माण गरी कार्यान्वयन गर्ने।
८. स्थानीय तहबाट संचालन गर्नुपर्ने स्वास्थ्य कार्यक्रमहरुको योजना निर्माणमा सहयोग गर्ने, स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यक्रमहरुको कार्यान्वयन गर्ने र स्थानीय स्वास्थ्य समस्याहरु समाधान गर्नका लागि सहजीकरण गर्ने।
९. स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी, खोप तथा औषधीजन्य स्वास्थ्य सामग्रीको परिमाण निर्धारण तथा पूर्वानुमान गरी खरिद, भण्डारण (कोल्ड चेन व्यवस्थापन) तथा वितरण एवं स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन गर्ने।
१०. सर्ने तथा नसर्ने रोगहरुको नियमित रुपमा स्कृनिड गरी रोगहरुको एकिकृत रुपमा निगरानी (पब्लिक हेल्थ सर्भीलेन्स) गर्ने।
११. विपद तथा महामारीको अवस्थाको लागि पूर्वतयारी, जोखिमको न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने।
१२. एक स्वास्थ्य रणनीतिको आधारमा नयाँ तथा पुनः देखिएका रोगहरु, किटजन्य एवम् जुनोटिक रोगहरुको सम्बन्धित निकाय तथा अन्तर तह बीच समन्वय गरी रोकथाम र नियन्त्रण गर्ने।
१३. स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने।
१४. सूर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थजन्य बस्तुको नियन्त्रण तथा नियमन सम्बन्धी कार्य गर्ने।
१५. सबै नीतिमा स्वास्थ्य को अवधारणा अनुरुप स्वास्थ्यका बृहत निर्धारक तत्वत्लाई सम्बोधन गर्न बहुक्षेत्रीय सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने।
१६. मापदण्ड बमोजिम स्वास्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने।
१७. औषधी निगरानी, औषधीको उचित प्रयोग र प्रतिजैविक प्रतिरोध न्यूनीकरण सम्बन्धी कार्य गर्ने।
१८. वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य सम्बन्धी कार्य गर्ने।
१९. जनसङ्ख्या व्यवस्थापन तथा बसाइँसराइ सम्बन्धी कार्य गर्ने।
२०. आन्तरिक प्रशासन (आर्थिक प्रशासनिक) सम्बन्धी कार्य गर्ने।
अन्य कार्यजिम्मेवारी-
२१. तोकिएका अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन एवं सुदृढीकरण सम्बन्धी कार्य गर्ने।
२२. तोकिएका स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन अनुमति प्रदान, नविकरण, अनुगमन एवं नियमन गर्ने।
२३. प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरु गर्ने।
1564
